विराटनगर मुनालपथस्थित विराट नर्सिङहोममा उपचाररत एक महिलाको पाठेघरबाट डाक्टरहरूले सवा नौ केजी मासु निकालेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३९ वर्षीया एक महिलाको पाठेघरबाट डाक्टरहरूले अप्रेसन गरेर ९ किलो दुई सय ग्राम मासु निकालेका हुन् ।
बिरामी महिलाको पाठेघरमा विरलै बिरामीमा हुने ‘फाइब्रोड’ नामक ट्युमर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सिकिस्त भएपछि उनी उपचारका लागि विराट नर्सिङहोममा भर्ना भएकी ती महिलाको शल्यक्रिया गरेर पाठेघरबाट मासु निकालिएको अस्पतालका अप्रेसन संयोजक डाक्टर नरेन्द्रमान सिंह कार्कीले बताए ।
डा. कार्कीका अनुसार महिलाको पाठेघर अप्रेसन गर्न डाक्टर भानु न्यौपाने, डाक्टर बातसल्य अर्याल, डाक्टर फारिदा खातुनलगायतको टिमलाई करिब डेढ घण्टा लागेको थियो ।