पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

सोमबार रातिदेखि हराइरहेको पाकिस्तानी हेलिकोप्टरमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हेलिकोप्टर हराएको थियो । 

सरकारी सैन्य अधिकारीहरूले मंगलबार हेलिकोप्टर भेटिएको जनाएका हुन् । तर, हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको छ । तीमध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।  

मौसमको खराबीका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन् ।  रासस–एएनआई
 

सुझावित समाचार