साफ यू–२० : नेपालले फर्कायो गोल

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेल खेलिरहेको नेपाल खेलमा फर्किएको छ । १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले ६८औँ मिनेटमा गोल फर्काएको हो । 
नेपालका लागि निरञ्जन मल्लले गोल गरे । उनी मैदानमा प्रवेश गरेको केहीबेरमै गोल गर्न सफल भएका हुन् । जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको नेपाल स्पष्ट जितको खोजीमा छ । तर, स्ट्राइकरहरूले मैदानमा धारिलो प्रदर्शन गर्न सकिरहेका छैनन् ।
प्रतियोगिताको तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएपछि नेपाल निकै संकटपूर्ण अवस्थामा छ । प्रतियोगिताको फाइनलमा पुग्न कम्तीमा आफ्नो खेल जित्नैपर्ने दबाबमा नेपाल छ । आजको खेल जिते पनि भारत र माल्दिभ्सबीचको खेलको नतिजाले मात्र नेपाल फाइनल पुग्ने हो वा होइन भन्ने टुंगो लगाउने छ । 
 

सुझावित समाचार