पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, भोलिदेखि हवाई इन्धनको ढुवानी रोक्ने

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीनबुँदे माग गर्दै व्यवसायी आन्दोलित भएका हुन् ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ । व्यवसायीले सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने भएका छन् । 
२० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पिडिओ नलिने पनि विज्ञप्तिमा उल्लेख छ । २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड/अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् । हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । 
 

सुझावित समाचार