गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

दुई नेताबीच बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ ।अध्यक्ष प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताएका थिए । 

गृहमन्त्री खाणले बिहीबार साँझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

सुझावित समाचार