आज बाघको संख्या सार्वजनिक गरिँदै

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण
आज बाघको संख्या सार्वजनिक गरिँदै

तस्बिर : संजित परियार/नयाँ पत्रिका

आज जुलाई २९, विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नाराका साथ दिवस मनाइँदै छ । दिवसकै दिन पारेर बाघको संख्या सार्वजनिक गरिने वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए । 

राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान ९ बजे राट्रिय सभागृहमा बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रमको कोष स्थापनाको घोषणा पनि गर्ने कार्यक्रम छ । 

नेपालले गत मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो । नेपालले करिब एक दशकअघि रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२० भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर अर्थात् दुई सय ५० पुर्याउने लक्ष्य राखिएको छ।

जसअनुसार सन् २०१८ मा नेपालमा बाघको संख्या दुई सय ३५ पुगेको थियो । हाल यो संख्या दुई सय ५० नाघेको आकलन गरिए पनि वन मन्त्रालयले यसबारे औपचारिक जानकारी दिएको छैन । सन् २०१० मा नेपालमा एक सय २१ वटा बाघ थिए ।

See More On

सुझावित समाचार