पत्रकार महासंघ काठमाडौं शाखालाई तीन लाख रुपैयाँ हस्तान्तरण

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई दिवगंत पत्रकार एमडी कुलुङको परिवारले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बिहीबार काठमाडाैंमा एक कार्यक्रमका बीच महासंघलाई चेक हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एमाले सांसद घनश्याम भुसालले सहयोग रकमको बैंक चेक शाखा अध्यक्ष सूर्य सुवेदीलाई हस्तान्तरण गरेका थिए । 
दिवंगत पत्रकार कुलुङको नाममा सहयोग जुटाउन क्रियाशील थोमस बाँस्तोलाले विदेशमा रहेका नेपालीहरूको सहयोगमा आर्थिक संकलन गरी महासंघलाई हस्तान्तरण गरिएको जानकारी दिए । 

सो रकम अक्षय कोषमा राखी निश्चित मापदण्डका आधारमा वार्षिक तीनजना पत्रकारलाई पुरस्कृत गर्न उपयोग गरिने शाखाका अध्यक्ष सुवेदीले जानकारी दिए । ‘हामीले एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार नामाकरण गरी सहयोग रकमलाई परिचालन गर्नेछाैँ । यसको निष्पक्ष उपयोग हुने कुरामा सबैलाई विश्वास दिलाउन पनि चाहन्छु,’ उनले भने । 

कार्यक्रमका प्रमुख अतिथि भुसालले परोपकारी कामका लागि सहयोग जुट्नु सकारात्मक भएको बताए । कार्यक्रममा दिवंगत पत्रकार कुलुङको श्रीमती विष्णुकुमारी लिम्बू र उनको छोराको पनि उपस्थिति थियो ।

सुझावित समाचार