पदाधिकारी चयन गर्न माओवादीको बैठक

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण


महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ ।

कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पदाधिकारी चयन तथा स्थायी समितिलाई पूर्णता दिनेबारे मुख्य छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

संघ र प्रदेशको आसन्न निर्वाचनअघि नै पार्टीका सबै कमिटीलाई पूर्णता दिई एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने धारणा बैठकमा नेताहरूले राखेको बुझिएको छ । 

सुझावित समाचार