अवरुद्ध घोराही–होलेरी जोड्ने सडक खुलाउन गृहमन्त्रीको निर्देशन

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले अवरुद्ध दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडक थप जनशक्ति र साधन प्रयोग गरेर खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक सुरेश काफ्लेलाई टेलिफोन गरेर अवरुद्ध सडक यथाशीघ्र खुलाउने व्यवस्था गर्न निर्देशन दिएका हुन् । 

घोराही होलेरी सडकको घोराही उपमहानगरपालिका– १३ मा पर्ने बगाले भन्ने स्थानमा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि गएरातिबाट अवरुद्ध रहेको निमित्त प्रजिअ पुनले जानकारी दिइन् । बिहानैदेखि प्रहरी, सडक विभाग र स्थानीय मिलेर पहिरो हटाउने काम गरिरहेको उनले बताइन् । अहिले मोटरसाइकल क्रस हुन थालिसकेको र दुई  घन्टासम्म खुलाइसक्ने गरी काम भइरहेको पहिरोस्थलमा पुगेकी पुनले जानकारी दिइन् । 

सुझावित समाचार