एसइईको नतिजा सार्वजनिक

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण
एसइईको नतिजा सार्वजनिक

तस्बिर : दीपेन्द्र ढुंगाना / नयाँ पत्रिका

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । 

बाेर्डका अनुसार ९ हजार ६ सय ३३ परीक्षार्थीले उच्च जिपिए ३.६ देखि ४.० ल्याएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नाै सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नाै सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

एसइईको नतिजा कसरी हेर्ने ?

सुझावित समाचार