नागरिकता विधेयकविरुद्ध राप्रपा नेपाल समर्थित विद्यार्थीकाे राँके जुलुस

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

संसदबाट हालै पारित नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालसम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मंगलबार काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ । मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याएको भन्दै राप्रपा नेपालको विद्यार्थी संगठन सडकमा उत्रिएको हो ।
संगठनका अध्यक्ष चेतराज सिंहले नागरिकता विधेयकका बुँदहारू विवादास्पद, अनुचित र राष्ट्रहितविपरीत भएको भन्दै विरोधमा राँके जुलुस प्रदर्शन गरेको बताए । उनले सबै नेपालीले नागरिकता सरल र सहज रूपमा पाउनुपर्नेमा विमति नरहेको तर विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँढ्ने विषय अस्वीकार्य भएको धारणा राखे । 

सुझावित समाचार