तीन अर्ब लगानीमा विराटनगरमा सेन्चुरियन मल खाेल्दै पूर्वराज्यमन्त्री

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले तीन अर्ब लगानीमा विराटनगरमा सेन्चुरियन मल सञ्चालन गर्ने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराज्यमन्त्री दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँचतारे होटेल सेन्चुरियन सञ्चालनमा ल्याउने बताए । उद्योगी दुगडले प्रदेश एकमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मलमा पाँचतारे होटेलसहित एउटै छानामुनि कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन सुविधा उपलब्ध हुने बताए । 

दुगडका अनुसार सेन्चुरियन मल करिब डेढ विघा क्षेत्रफलमा फैलिएको छ । उद्योगी दुगडले पाँचतारे होटेल सेन्चुरियनको सञ्चालन र व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटेल रेडिसनले गर्ने जानकारी दिए ।  दुगडले विराटनगरस्थित विमानस्थलबाट ४.२ किलोमिटर तथा भारतबाट १५ मिनेटको दुरीमा अवस्थित होटेलमा स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई ल्याउन सकिने बताए ।  

होटेलमा १४० कोठा, क्यासिनो, स्विमिङ पुल, जिम, स्पा, १० हजार स्क्वायर फिटको विशेष प्रकारको रेस्टुराँ तथा ब्याङ्क्वेट र फिल्म हलको सुविधासमेत उपलब्ध हुने बताए । 
 

सुझावित समाचार