विकल्पको नाममा खुल्दै गरेका पार्टीले केही गर्न सक्दैनन् : नेता सिंह

शनिबार, ७ साउन, २०७९
डिजिटल संस्करण
विकल्पको नाममा खुल्दै गरेका पार्टीले केही गर्न सक्दैनन् : नेता सिंह

फाइल फाेटाे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भर्खरै खुल्दै गरेका पार्टीले विकल्पको नाममा केही गर्न नसक्ने बताएका छन् । परिवर्तनका लागि योगदान गरेका कांग्रेस, एमालेजस्ता पार्टीहरूलाई समेत काम गर्न मुस्किल परिरहेको भन्दै उनले नयाँ दलले काम गर्न नसक्ने टिप्पणी गरेका हुन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले हिजो समाज र देश परिवर्तन गर्छु भनेर काठमाडौंमा चुनाव लड्न आएकाहरू आफू मात्र परिवर्तन भएको आरोप लगाए।

'अहिले नयाँका नाममा जुन अनावश्यक भ्रम फिँजाउन खोजिँदै छ। त्यसले मुलुकमा लोकतन्त्र ल्याउन र नागरिकलाई अधिकारसम्पन्न बनाउन दलहरूले खेलेको भूमिकालाई ओझेलमा पार्न खोज्नु मुलुककै लागि दुःखद् हो,' उनले भने।

सामाजिक सञ्जालमार्फत नेता बन्ने लहर चलेको उल्लेख गर्दै उनले रहर गर्नु नराम्रो नभए पनि राजनीतिक आन्दोलनमा कहीँ नदेखिने र जनतालाई समस्या पर्दा कतै नभेटिनेहरूले जनताको सेवा गर्छन् भन्ने विश्वास गर्न नसकिने उनले प्रस्ट पारेका छन्।

सुझावित समाचार