नागरिकता विधेयकबारे जनमोर्चाको धारणा– भारतमा चुनाव हारेर नेपालको सांसद हुने अवस्था नआओस्

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण
नागरिकता विधेयकबारे जनमोर्चाको धारणा– भारतमा चुनाव हारेर नेपालको सांसद हुने अवस्था नआओस्

फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाले वास्तविक नेपालीले मात्र नेपाली नागरिकता पाउनुपर्ने बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै जनमोर्चा उपाध्यक्षसमेत रहेकी सांसद दुर्गा पौडेलले यस्तो बताएकी हुन् । 

उनले नागरिकता विधेयक जारी भएपछि भारतीय नागरिकले सहजै नागरिकता पाउने चिन्ता व्यक्त गरिन् । ‘वास्तविक नेपाली नागरिकताविहीन हुनुहुँदैन भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ,’ सांसद पौडेलले भनिन्, ‘तर, यहाँ नागरिकता विधेयक जारी भएपछि उता भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण हुनुभएन ।’ 

उनले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान राख्नैपर्ने धारणा राखिन् । त्यस्तो प्रावधान हटाउँदा राष्ट्रियतामा धेरै ठूलो क्षति हुने उनको भनाइ छ । प्रतिनिधिसभामा आज नागरिकता विधेयक टेवल हुँदै छ । 
 

सुझावित समाचार