साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण
साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

तस्बिरहरु : संजित परियार

भारतमा हुने साफ यू–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोमा एक कार्यक्रम आयोजना गरी नेपाली टोलीलाई बिदाइ गरेको हो।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारतका साथै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्। आयुष घलानको कप्तानीमा रहेको नेपाली टोली आज दिउँसो भारत प्रस्थान गर्नेछ।

सुझावित समाचार