जब सत्या पहाडीले भीम रावललाई पटक-पटक बस्न आग्रह गरिन्

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण

सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाण र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको  बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरे । 
 
मन्त्रिपरिषद्ले एसपिपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे । सभामुखको आसनमा रहेकी सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आसन गर्न आग्रह गरे पनि सांसदले एसपिपीमा सहभागी नहुने पत्र पठाई सदनलाई जानकारी गराउनुपर्ने  माग रोस्टममै उभिएर जारी राखे । 
    
बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरू शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए । सो प्रस्तावमा धारणा राख्न रोस्टममा पुगेका सांसद रावलले एसपिपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरेका हुन् । उनले सरकारलाई सहयोग गर्नका लागि नै यस्तो माग राखेको बताए । रासस

सुझावित समाचार