संखुवासभाको एक घरमा आगलागी

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण
संखुवासभाको एक घरमा आगलागी

खाँदबारी नगरपालिकाको दमकलबाट स्थानीय मोहनकुमार दर्लामी मगरको घरमा लागेको आगो निभाउँदै। तस्बिर : नवीन गुरुङ ।

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित ढुंगेधारामा एक घरमा आगलागी भएको छ। मंगलबार दिउँसो विद्युत् सर्ट भई स्थानीय मोहनकुमार दर्लामी मगरको घरमा आगलागी भएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। उनका अनुसार दिउँसो करिब १२ बजेतिर विद्युत् सर्ट भई घरमा आगलागी भएको र घरमा क्षति पुगेको छ। 

गाउँ नजिकै भएकाले स्थानीय, खाँदबारी नगरपालिकाको दमकल र नेपाल प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो। उक्त आगलागीबाट करिब एक लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको भनाइ छ। 

तत्कालै आगो नियन्त्रणमा आएकाले खाद्यान्न, लत्ताकपडालगायत केही सामग्री सुरक्षित रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार