हनी ट्रयापिङमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण

हनी ट्रयापिङमा संलग्न रहेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई– ६ की ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्ने कमलामाई– ४ का २८ वर्षीय सञ्जय कार्की र कमलामाई– ६ का ३१ वर्षीय कृष्णहरि खड्कालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत विभिन्न महिला र पुरुषलाई सम्पर्क गरेर भेटघाटपछि झुट्टा मुद्दा लगाई ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालबाट महिलाको प्रयोग गरी पुरुषहरूलाई खाजा खाने बहानामा भेटघाट गर्दै आएका थिए। भेटघाटपछि झुटा मुद्दा लगाएर फसाइदिने डर तथा धम्की देखाई ठूलो रकम माग गर्ने, नक्कली प्रहरी खडा गरी मोलमोलाई गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुझावित समाचार