गठबन्धनबारे बिहीबारसम्म टुंगोमा पुग्छौँ : अध्यक्ष प्रचण्ड

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण
गठबन्धनबारे बिहीबारसम्म टुंगोमा पुग्छौँ : अध्यक्ष प्रचण्ड

फाइल फाेटाे

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको विषयमा बिहीबारसम्म टुंगोमा पुग्नुपर्ने बताएका छन्। मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरू त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ। गठबन्धन बनाउनेबारे अरू पार्टीसँग पनि कुरा गरौँ । पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो,’ उनले भने।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताउँदै डा. बाबुराम भट्टराईलाई जसपाले कारबाही गरे पनि उनी गठबन्धनमै रहेको स्पष्ट पारे। उनले भने, ‘कांग्रेसले सही निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता–उता गर्ने भन्ने हाम्रो कहीँ–कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको ।’

सुझावित समाचार