दुई लाख ५३ हजार नगदसहित ६ जुवाडे

शनिबार, ३२ असार, २०७९
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कास्कीले दुई लाख ५३ हजार नगदसहित ६ जुवाडे र तीन किलो ३८५ ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको जनाएको छ। कार्यालयका निमित्त प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पोखरा महानगरपालिका–८ न्युरोड बस्ने नवीन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

गौचनको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेका उनीहरूलाई नगद र २०८ पत्ती ताससहित रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा जिल्ला मुस्ताङ थासाङ गा.पा. वडा नं.३ घर भई हाल पोखरा ८ न्युरोड बस्ने वर्ष ३२ का नवीन गौचन, मुस्ताङ थासाङ ३ घर भई हाल पोखरा ८ पृथ्वी चोक बस्ने वर्ष ५४ का सोमत तुलाचन, पोखरा २ अर्चलबोट बस्ने वर्ष ५३ का विराट के.सी., जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं.३ घर भई हाल पोखरा ८ न्युरोड बस्ने वर्ष ४९ का कविन तुलाचन, पोखरा ११ फूलबारी बस्ने वर्ष ४६ का अमित गुरुङ र पोखरा १२ फूलबारी बस्ने वर्ष ४५ का नरकाजी गुरुङ रहेका छन्।

पक्राउ परेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको खड्काले जानकारी दिए ।
 

सुझावित समाचार