नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यम बुद्धको सालिक बनाउन काठमाडौं महानगरपालिकाले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा टुइटा गर्दै उपाध्यक्ष पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने प्रणाली भएकाले यम बुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य भएको बताए । उनले नेपाली माटोमा जन्मिएका यम बुद्ध हिप हप गायन विधाका नक्षत्र भएको उल्लेख गरे ।