गोरखा सदरमुकामको खोलखोलेमा एक युवक मृत भेटिए , हत्याको आशंका

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

गोरखा सदरमुकामस्थित खोलखोलेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गोरखा नगरपालिका –८ आलेगाऊका २४ वर्षीय अनिश आलेमगर बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।  नगरपालिकास्थित खोलखोलेमा सडकको नालीभित्र झाडिले छोपिएको अवस्थामा युवकको शव भेटिएको एसपी केदार खनालले बताए ।

बिहान ७ बजेर ३० मिनेटको समयमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको कानमा चोटपटक  देखिएकाले घटना शंकास्पद रहेको खनालले बताए ।
घटनाको अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएको उनले बताए । सिसिटिभी फुटेजलगायतलाई आधार मानेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
 

See More On

सुझावित समाचार