अस्ट्रेलियामा हुने संस्कृतिक कार्यक्रमबाट माडी कुसुम खोलाका चेपाङलाई सहयोग गरिने

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

अस्ट्रेलियामा हुने संस्कृतिक कार्यक्रमबाट माडीको चेपाङ समुदायलाई सहयोग गरिने भएको छ । १५ जुलाईमा हुने एडिलेड साँझको टिकट बिक्रीबाट संकलित रकमको २० प्रतिशत माडी ९ कुसुम खोलाका चेपाङका लागि खाद्यान्नसहित त्रिपाल र झुल खरिदमा खर्च गर्ने आयोजक सुपक अधिकारीले बताए ।

गत साल पनि अधिकारीकै सक्रियतामा ०७७ को मध्य बर्खामा निकुञ्ज प्रशासनले हात्ती र आगो लगाएर उठिवास गराएका कुसुमखोलाका चेपाङ परिवारलाई आयआर्जनको लागि बाख्रा वितरण गरिएको थियो । एडिलेड साँझमा गायिका अस्मिता अधिकारी, गायक महेश काफ्लेसँगै मुक्ति एन्ड रिभाइभल ब्यान्डको प्रस्तुति रहनेछ ।

कार्यक्रममा एक हजार नेपालीहरु सहभागी हुन मिल्ले गरी तयारी गरिएको श्याम दाहालले बताए । उनका अनुसार एउटा टिकटको २५ डलर तोकिएको छ । 

याे पनि

आश्वासन पाए, गाँस र वास पाएनन् कुसुमखोलाका चेपाङले

सुझावित समाचार