नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले ३१ असारमा हुने उपसभामुखको निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनाउने बताएका छन् । यद्यपि, कसलाई उम्मेदवार बनाउने भन्ने निश्चित भने भइनसकेको उनले बताए । उपसभामुखमा कांग्रेसले दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।
‘उपसभामुखको सवालमा गठबन्धन दलबाट सहमति गरेर एकजना उम्मेदवार उठाउँछौँ। व्यक्ति निश्चित भएको छैन। गठबन्धनमा छलफल भएको छ,’ उनले भने, ‘स्वाभाविक रूपमा यसमा कांग्रेसको दाबी रहन्छ। उपसभामुख संवैधानिक परिषद् सदस्यसमेत भएकाले उपयुक्त समय पारेर निर्वाचन गर्न लागिएको हो ।’