सुक्खा पहिरोमा पुरिएर एक वृद्धको मृत्यु

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

गोरखामा पहिरोमा पुरिएर एक वृद्धको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेतिर जंगलमा दाउरा काट्न गएका  सिरानचोक– ६ गैरीगाउँका ८० वर्षीय सुकबहादुर गुरुङको माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सूचना पाउनेबित्तिकै इप्रका जौबारी र प्रहरी चौकी नयाँसाँगुबाट खटिएका प्रहरीले उद्धार गर्दा गुरुङ मृत्यु भइसकेको अवस्थामा भेटिएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

गुरुङको शव पोस्टमार्टमका लागि मंगलबार साँझ गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
 

See More On

सुझावित समाचार