नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेका बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
कोभिड व्यवस्थापन, भ्रष्टाचार नियन्त्रणमा सरकारले राम्रो काम गरेको बताउँदै उनले वैदेशिक नीतिको अन्याेल हटाउन सरकार सफल भएको दाबी गरे। तेलको मूल्यवृद्धि नियन्त्रण सरकारको हातमा नरहेको प्रस्ट पार्दै उनले सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको बताए।
एमसिसीको विषयमा सरकारले स्पष्ट र सन्तुलित कदम चालेको तथा वैदेशिक सम्बन्ध सन्तुलित राखेको भन्दै महतले भने, ‘चुनौती छन, तर सामना नै गर्न नसक्ने अवस्था छैन। हामीसँग विदेशी मुद्रा यथेष्ट छ। नेपाल श्रीलंकाको अवस्थामा जाने कुनै सम्भावना छैन।’