सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार पनि जारी छ। सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आज गठबन्धन तथा आगामी प्रदेश र संघको निर्वाचनबारे छलफल हुनेछ।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरिनुका साथै प्रदेशका पार्टी सभापतिले आफ्नो धारणा राखेका थिए।