पारिश्रमिक नपाएपछि स्वास्थ्य बिमा दर्ता सहयोगीले जिल्ला सम्पर्क कार्यालयमा लगाए ताला

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

पारिश्रमिक नपाएपछि स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले जिल्ला स्वास्थ्य बिमा सम्पर्क कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालय नवलपुरमा स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।

सोमबार कावासोतीस्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा दर्ता समूहको टोलीले जिल्ला प्रमुख जायसोर भुसाललाई ज्ञापनपत्र बुझाएलगतै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले गत २०७८ देखिको पारिश्रमिक नपाएको, बिमितहरूलाई स्वास्थ्य सेवा प्रादयाक संस्थाहरूले सम्मानजनक व्यवहार नगरेको, बिमाले समेटेको औषधि र गुणस्तरीय उपचारमा ध्यान नदिएको, केन्द्रीय बिमा बोर्डले समयमै सेवा प्रदायक संस्थालाई भुक्तानी नदिएको, स्वास्थ्य सेवा प्रादायक संस्थामा बिमा सहायता कक्ष स्थापना नगरिएको भन्दै जिल्ला सम्पर्क कार्यालयमा तालबन्दी गरेका हुन् ।

स्वास्थ्य बिमा दर्ता सहयोगीले ०७८ भाद्र चक्रको कमिसन सोमबारको मितिले तीन दिनभित्र, ०७९ जेठ चक्रको कमिसन सात दिनभित्र र अबदेखि हरेक चक्र सुरु भएको मितिले १५ दिनभित्र पाउनुपर्ने माग राखेका छन् । जिल्लामा ०७७ फागुन ९ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा करिब एक लाख जनसंख्या आबद्ध भइसकेका छन् । 
 

सुझावित समाचार