राताेपुलस्थित धाेबिखाेलामा एक्साभेटरमार्फत फाेहाेर फाल्ने प्राक्टिकल वेस्ट साेलुसन प्रालिलाई काठमाडौं महानगरले २५ हजार जरिवाना तिराएकाे छ। महानगरकाे वातावरण संरक्षण ऐनअन्तर्गत जरिवाना गरिएकाे हाे।
एक्साभेटरकाे बकेटले फाेहाेर खाेलामा फ्याकिएकाे भिडियाे सार्वजनिक भएपछि महानगर प्रहरी बिहान घटनास्थल पुगेकाे थियाे। तर, याे घटना वर्तमान जनप्रतिनिधि आउनुअघिकाे भएकाे दाबी गरिएकाे छ। कम्पनीका फिल्ड व्यवस्थापक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानाजान फाेहाेर खाेलामा फ्याँकिएकाे नभई बकेटले धकेलेर लाेड गर्न खाेज्दा खाेलामा खसेकाे जिकिर गरे। तर, सार्वजनिक भिडियो हेर्दा फाेहाेर पानीमा बगाइएकाे देखिन्छ।