यस्तो छ जुन महिनाको वर्षाको विवरण

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

यस मनसुन सिजनको पहिलो महिना जुन (०७९ जेठ १८ देखि असार १६) मा मापन गरिएको वर्षाको तथ्यांकअनुसार प्रदेश नं १, मधेस र बागमती प्रदेशका अधिकांश केन्द्रहरू तथा गण्डकी प्रदेशका धेरैजसो केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश केन्द्रहरू र लुम्बिनी प्रदेशको बर्दियामा सरदरभन्दा कम वर्षा मापन भएको छ।

विभागका अुनसार मापन गरिएका कुल ९० केन्द्रहरूमध्ये ५७ केन्द्रहरूमा सरदरभन्दा बढी, १३ केन्द्रहरूमा सरदर र २० केन्द्रहरूमा सरदरभन्दा कम वर्षा भएको छ। उक्त केन्द्रहरूमा जुन महिनामा भएको औसत वर्षा (३७८.२ मिमि) सरदर वर्षाको १३५.४ प्रतिशत रहेको छ। 

सुझावित समाचार