विधि र मान्यतालाई अस्वीकार गर्दै ल्याइएको बजेट मान्न सकिँदैन : पौडेल

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन्। सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताए।

गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेटविहीन रहेको दाबी उनले गरे। पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको बताए। उनले संविधानले गरेको व्यवस्था, कानुन, बजेट निर्माणका मूल्य र मान्यताहरूलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताए। 

पौडेलले बजेट आफैँ विवाद रहेकाले बजेट बजेटको रूपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गरे। उनले अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रूपमा मान्न नसकिने बताए। 

सुझावित समाचार