भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आराेपित पक्राउ

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

प्रहरीले १६ वर्षीय किशोरी करणी गरेको अभियोगमा चाँगुनारायण नपा–९, ताथलीका २७ वर्षीय टीकाराज कटुवाललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार किशोरीलाई कटुवालले सूर्यविनायक नपा–१० चित्तापोलस्थित पिसफुल रिसोर्टमा लगी करणी गरेका थिए । 

जगातीबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित किशोरीले जगाती प्रहरीमा जाहेरी दिएकी थिइन् । उनको स्वास्थ परीक्षण भइसकेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुझावित समाचार