आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्द्वी नामिबियाको सामना गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो सवा तीन बजे स्कटल्यान्डमा हुनेछ ।
यो सिरिजमा नेपाल आफ्नो पहिलो खेलमा आज नामिबियालाई हराउँदै सुखद नतिजाको दाउमा रहेको छ । सिरिजको पहिलो खेलमा भने नामिबिया आयोजक स्कटल्यान्डसँग पराजित भएको थियो ।
लिग– २ को अंक–तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौँ स्थानमा रहेको छ भने नामिबिया १५ खेलबाट १४ अंकसहित छैटौँ स्थानमा छ । सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल स्कटल्यान्डसँग जुलाई १३, चौथो खेल नामिबियासँग जुलाई १६ र अन्तिम खेल आयोजक स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ ।