कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

आजको बैठकमा गत स्थानीय निर्वाचनको समीक्षा र पार्टीका आन्तरिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा आगामी प्रदेश र संघको चुनावका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा १३ वटा भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस गरिने कार्यतालिका रहेको जनाइएको छ । 
 

सुझावित समाचार