पोखरा महानगरपालिकाको आइतबार सम्पन्न ११औँ नगर सभाले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सर्वसम्मत पारित गरेको छ।
१० असारमा महानगरपालिकाका उपमेयरम मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि नगर सभामा आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट पेस गरेकी थिइन्।
बजेट ल्याउनुपूर्व अर्थात् बजेट सभामा पेस नहुँदै रातो किताब छापिएको विषयमा विवादसमेत भएको थियो।