स्रष्टालाई रचना गरिरहन ओलीको आग्रह

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरूलाई निरन्तरता दिन स्रष्टालाई प्रोत्साहित गरेका छन्। छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरूलाई आग्रह गरेका हुन्। 

‘म रचना गरिरहन सबैलाई आग्रह गर्दछु। हाम्रो साहित्यिक परम्परा, हाम्रो कवि परम्परा आजको होइन। यो परम्परालाई अघि बढाउन हामी दृढसंकल्पित छौँ,’ उनले भने, ‘गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरू प्रतिबद्ध हुनुहुन्छ। र, उहाँहरूलाई प्रोत्साहन गर्न हामी सबै तयार छौँ। नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिबद्ध छन्।’

सुझावित समाचार