रेशम चौधरीको पनि टेलिफोन सुविधा कटौती

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

सात वर्षअघि कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीको पनि चुनाव अवधिभर टेलिफोन सुविधा कटौती गरिएको थियो । डिल्लीबजारस्थित सदरखोरमा कैदीजीवन बिताइरहेका उनले स्थानीय चुनाव अवधिभर भेटघाट भने तीव्र बनाएका थिए । 

चुनावअघि भने चौधरी घन्टौँ भेटघाटमा रहन्थे । गलत सन्देश जाने खतरा देखिएपछि विभागले परिवारका सदस्यबाहेक उनको राजनीतिक भेटघाटलाई कटौती गरेको थियो । यही क्रममा उनको टेलिफोन सुविधा पनि कटौतीमा परेको थियो । 

विभागका महानिर्देशक घिमिरेले भने, ‘रेशम चौधरीको हकमा केही कडाइ गरिएको साँचो हो । उनलाई भेटघाट गर्न कारागारमा मान्छेको भिडजस्तै लाग्ने देखियो । त्यसो हुँदा हामीले चुनाव अवधिभर भेटघाटमा कडाइ गरेका हौँ । टेलिफोन सुुविधा कटौतीको सम्बन्धमा भने थाहा भएन ।’

सुझावित समाचार