भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा चापागाईं

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा बद्री चापागाईं नियुक्त भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर चन्दले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि चापागाईं प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका हुन् । 

प्रमुख कन्सल्टेन्ट वरिष्ठ यौन तथा छाला रोग विशेषज्ञ डा चापागाईंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको अस्पताल प्रशासनले जनाएको छ । डा चापागाईं यसअघि भेरी अस्पताल विकास समितिको अध्यक्ष भएर काम गरिसकेका छन् ।  

‘शुक्रबार ढिलो गरी नियुक्ति-पत्र हात पर्यो । आइतबारबाट जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ,’ उनले भने । 
 

सुझावित समाचार