न्यू जेनिथ र ग्रान्डी स्पोर्टस् एकेडेमीले ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषतर्फ न्यू जेनिथ र महिलातर्फ ग्रान्डी च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फ फाइनलमा न्यू जेनिथले इन्साइट भिजनलाई १३–८ ले पराजित गर्यो । न्यु जेनिथको जितमा सुसन मगरले सर्वाधिक सात स्कोर गरे । आयोजक ऋतले एन्जल्स हार्टलाई १४–१२ ले हराउँदै तेस्रो भयो ।
महिलातर्फको उपाधि विजेता ग्रान्डीले एसिया प्यासिफिकलाई ११–५ ले हरायो । बलर्स एकेडेमीमाथि ८–५ को जित दर्ता गर्दै युनिक तेस्रो बनेको छ । दुवै समूहमा शीर्ष स्थानमा रहेका टोलीले समान सात हजार रुपैयाँ पाएका छन् ।
दोस्रोले पाँच हजार तथा तेस्रो हुने टोलीले तीन हजार पाँच सय रुपैयाँ हात पारे । प्रतियोगितामा पुरुषतर्फ ८४ तथा महिलामा १६ गरी ९० टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।