निर्वाचन खर्चको मापदण्ड हास्यास्पद, आयोगले खर्चको सीमा बढाउनुपर्छ : पूर्वप्रमुख आयुक्त पोखरेल

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण
निर्वाचन खर्चको मापदण्ड हास्यास्पद, आयोगले खर्चको सीमा बढाउनुपर्छ : पूर्वप्रमुख आयुक्त पोखरेल

फाइल तस्बिर

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा परिवर्तन गर्नुपर्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गए । उमेदवारको खर्च तीव्रगतिमा बढेको छ । आयोगको एउटा मापदण्ड छ, उम्मेदवारको खर्च अर्कातिर छ,’ उनले भने, ‘कि आयोगले उम्मेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्यो कि यो खर्चको सीमा हटाउनुपर्यो। नत्र आयोगले राखेको खर्चको सीमा हास्यास्पद भयो। ’

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, पोलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलगायतले आर्थिक सुशासन र निर्वाचनबारे भनाइ राखेका थिए। 

सुझावित समाचार