विराटनगर महानगरको मुख्य बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान बसपार्कको यात्रुकक्षमा फलामको फलैँचामा सुतिरहेको अवस्थामा अन्दाजी ५५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयका अनुसार एउटा प्लास्टिकको झोला लिएर ती व्यक्ति बुधबार साँझ साढे ८ बजे बसपार्कको यात्रुकक्षमा आएर सुतेका थिए ।
मधेसी मूलको जस्तो देखिने भए पनि उनको पहिचान नखुलेको मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।