विद्युतगृहमा चट्याङ पर्दा ३७६ घरधुरी अन्धकारमा

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

म्याग्दीकाे मालिका गाउँपालिका– ४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहामा चट्याङले ठूलो क्षति पुर्याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युतगृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए ।      

चट्याङले  चार लाख ५५ हजारबराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका तीन सय ७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।     
     

 

See More On

सुझावित समाचार