आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक श्रृंखलाको तयारीका लागि क्यानडा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टिमविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै छ।
क्यानडाको किंग सिटी मेपल लिफ क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ। नेपालले क्यानडामा दुई खेल खेल्ने तालिका रहेको छ।
घरेलु टोली क्यानडासँगको दुई खेलको श्रृंखलापश्चात् नेपाल क्यानडाबाटै विश्वकप क्रिकेट लिग–२ खेल्न स्कटल्यान्ड जाने तालिका रहेको छ। नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ। स्कटल्यान्ड भ्रमणमा नेपाल जितसहित विश्वकप क्रिकेट लिग–२ अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ।