मन्त्रिमण्डल पुनर्गठन, जसपाबाट तीन नयाँ मन्त्री

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट नयाँ तीनजनाको नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गरेका हुन्।

भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई आइतबार साँझ बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएपछि सोमबार मन्त्रिपरिषद् हेरफेर भएको हो।

सुझावित समाचार