माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता चलिरहेको छ । तीन नेताबीच हात्तीवनस्थित रिसोर्टमा छलफल चलिरहेको हो ।
स्थानीय तह निर्वाचन सम्पन्न भएपछि यी तीन नेताबीच लगातार छलफल चलिरहेको छ । प्रदेश र संघको आसन्न निर्वाचनमा कांग्रेससँग सम्मानजनक सिट बाँडफाँड नभए अर्को गठबन्धन बनाउनुपर्ने भएकाले शीर्ष नेताबीच लगातार छलफल भइरहेको नेताहरूको भनाइ छ । वर्तमान सत्तागठबन्धनमा रहेका यी नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।