चट्याङ लागेर कञ्चनपुरमा दुई किसानको मृत्यु

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण
चट्याङ लागेर कञ्चनपुरमा दुई किसानको मृत्यु

चट्याङ लागेर मृत्यु भएका पुनर्वास नगरपालिका-६ त्रिभुवन बस्तिका देवेन्द्र श्रेष्ठ

कञ्चनपुरमा आज बिहान चट्याङ लागेर दुईजना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका- ६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका- ८ तिलाचौरकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी लालबहादुर बमका अनुसार दुवैजना किसानको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर ज्यान गएको हो । चट्याङ लागेर थापा र श्रेष्ठको मृत्युले घरपरिवार तथा छर छिमेक शोकमा परेका छन् ।

यसैगरी चट्याङ लागेर पशुचाैपायातर्फ समेत क्षति भएको छ ।सूचना अधिकारी बमले भने, ‘भाँसीमा एक हल गोरु र लालपुरमा केही बंगुरको मृत्यु भएको खबर प्राप्त छ, अन्य भौतिक क्षतिको विवरण आइसकेको छैन ।’

सुझावित समाचार