समाजमा विविध काममार्फत विशेष योगदान पुर्याइएको व्यक्तित्वको जीवनी समेटेर तयार पारिएको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक भएको छ ।
पुस्तकमा कलाकार नीर शाह, सुनील पोखरेल, कार्टुनिस्ट वात्सायन, कवि श्रवण मुकारुङ, शिक्षासेवी भोलानाथ शर्मा, समाजसेवी इन्दिरा राना मगर, प्रकृति संरक्षणकर्ता कमलजंग कुँवर, वित्तीय क्षेत्रकी सुचिता खनाल र तेक्वान्दो खेलाडी संगीना वैद्यका सांगोपांग जीवनलाई लिपिबद्ध गरिएको छ ।
हरेकको बाल्यकाल, जीवनसंघर्ष र सामाजिक सत्कर्मसँगै अहिलेसम्म नखुलेका र नलेखिएका जीवनकथा पनि पाठकले पढ्न पाउनेछन् ।