गुल्मीमा ८४ प्रतिशत उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

शनिबार, ११ असार, २०७९
डिजिटल संस्करण

गुल्मीमा स्थानीय तहका अधिकांश उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन भएको एक महिनाभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने भए पनि जिल्लाका ८४ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा एक हजार दुई सय ४३ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये अहिलेसम्म दुई सयजना (१६ प्रतिशत)ले मात्र खर्च विवरण बुझाएकाे जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

उम्मेदवारले प्रयोग गरेको सवारीसाधन, इन्धन, प्रचारप्रसार, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनलगायतमा गरिएको खर्चको विवरण पेस गर्नुपर्छ। तर, अधिकांश उम्मेदवारहरूले अत्यधिक मात्रामा खर्च गर्ने गरेका छन्।

निर्वाचन आयोगले निर्वाचनअघि नै स्थानीय तहका उम्मेदवारहरूका लागि खर्चको सीमा तोकेको थियो। नगरपालिका प्रमुख र उपप्रमुखले चार लाख ५० हजारसम्म, वडाध्यक्षले दुई लाखसम्म तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने प्रावधान रहेको थियो।

सुझावित समाचार