श्रीमतीको हत्या गरी श्रीमान् आफैँ पुगे प्रहरी चौकी

शुक्रबार, १० असार, २०७९
डिजिटल संस्करण

२७ वर्षका एक युवाले श्रीमतीको हत्या गरी आफैँ प्रहरी चौकीमा पुगेका छन्। जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने कमल भुसालले वर्ष २४ की श्रीमती सरु भट्टराई  भुसालको  हत्या गरेको पुष्टि भएको छ। आफ्नै खरबारीमा दाउरा घाँस गर्न गएको समयमा घाँटी थिची हत्या गरी इलाका प्रहरी कार्यालयमा पुगेर घटनाको विवरण बताएका छन् । 

 ज्यान मारी प्रहरी चौकीमा पुगेका श्रीमानले भनेअनुसारको स्थानमा स्थानीय र प्रहरी पुग्दा घटना पुष्टि भएको छ। उनीहरूको डेढ वर्षीय छोरासमेत रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख अर्जुन पौडेलले बताए।

‘श्रीमतीलाई हत्या गरेँ भन्दै एक युवा चौकीमा आएको र अभियुक्तले भनेअनुसार घटनास्थलमा पुग्दा शवलाई स्याउलाले ढाकेको अवस्थामा भेटिएको हो। घटनाबारे थप अनुसन्धान गर्दै छौँ ।’

See More On

सुझावित समाचार