कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भइरहेको बताएका छन् । बन्दीले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति नै गठन गरिएको स्पष्ट पारे ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको मन्त्री बन्दीले न्यायालय सुधारका लागि सरकारले अभियान नै सञ्चालन गरिएको दाबी गरे । न्यायाधीशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई हटाउन सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गरे ।
उनले भने, ‘विगत केही समयदेखि न्यायालयप्रतिको यति धेरै आस्था गिर्दै गएको छ । जुन अडियो सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दै छौँ । कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ । त्यो घटनाबाहेकलाई हेर्ने हो पनि न्यायालयभित्र विकृति र विसंगति थियो । त्यसका विरुद्ध आन्दोलन पनि भयो । त्यसलाई सुधार गर्न अभियान नै सञ्चालन गरिएको छ । त्यसको सुरुवात नियुक्तिबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ।’
न्यायालय सुधार्न अभियान नै सञ्चालन गरेका छौँ : कानुनमन्त्री बन्दी
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…
भूमिसम्बन्धी अध्यादेशः सुकमवासीलाई जग्गा वितरणको कानुनी अड्चन हट्यो
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले गत साता यससम्बन्धी अध्यादेश राष्ट्रपति कार्…
चाडपर्वमा उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं/ सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले चाडपर्वलाई सुरक्षित बनाउन उच्च सतर्कताका साथ काम गर्न सशस्त्र प्रहरी कर्…
सवारी दर्ता तथा नामसारीका लागि सवारीधनी यातायात कार्यालयमा उपस्थित हुन नपर्ने
काठमाडौं/ नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का …
अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिम…